• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा रक्तसंञ्चार केन्द्रको भवन शिलान्यास

खोटाङमा रक्तसंञ्चार केन्द्रको भवन शिलान्यास

रगत अभावका कारण अकालमा ज्यान गुमाउनु नपर्ने


समायोजन खबर
  • शुक्रबार, चैत्र १६ २०७४

  • समायोजन खबर चैत्र/१६ खोटाङ,
    खोटाङमा रक्तसंञ्चार केन्द्रको भवन शिलान्यास गरिएको छ । जिल्लामा रगतको अभाव परिपुर्तिका लागि रक्तसंञ्चार केन्द्र भवनको शिलान्यास गरिएको हो । जिल्ला अस्पतालको परिसरमा निर्माण हुने भवनको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले एक कार्यक्रमकाबीच शुक्रबार भवनको शिलाान्यस गर्नुभएको हो ।

     

    भवन शिलान्यस गर्नुहुदै नगरप्रमुख रिजालले प्रसुती गराउने आमाहरु, ठुलठुला दुर्घटनामा परेका घाईते तथा ठुला अपरेशन गर्नु पर्ने विरामीहरुको लागि तत्काल आवश्यक रगत व्यवस्थाका लागि रक्त संञ्चार केन्द्र भवनको निर्माण गर्न लागिएको बताउनुभयो ।

     

    भवनका लागि आवश्यक बजेट तथा प्राविधिक सहयोग नगरपालिकाले नै गर्ने नगरप्रमुख रिजालको भनाई छ । रक्तसंञ्चार केन्द निर्माणपछि जिल्लाबासीले रगत अभावका कारण अकालमा ज्यान गुमाउने पर्ने अवस्था नआउने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति कुमार सिं बस्नेतले बताउनुभयो । नगरपालिकाको सहयोगमा निर्माण हुने भवन दुई वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । रक्त संञ्चार भवन नहुदाँ आवश्यक परेको बेला रगत अभावको समस्या जिल्लाबासीले भोग्दै आएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology