चिसाङ शेर्पा फागुन/२१ खोटाङ,
जिल्लाको पहिलो नगरपालिकाको नाम हेरफेर भएपछी नयाँ नामबाट काम शुरु भएको छ । पुरानो ‘रुपाकोट मझुवागढी नगरपालिका’को नामको अगाडी ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ नाम थप भएसँगै नगरपालिकाको सम्पुर्ण काम नयाँ नामबाट शुरु भएको हो ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम नेपाल राजपत्र खण्ड ६७, संख्या ५७, भाग ५ फागुन १४ गतेको नेपाल राजपत्रमा प्रकाशित सुचना अनुसार आईतबारदेखी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नामबाट कामकाज शुरु भएको नगरपालिकाका उप–मेयर बिनादेबी राईले बताउनुभयो ।

एक कार्यक्रमको आयोजनागरी उप–मेयर राईले नयाँ नामको साईनबोर्ड, लेटरप्याड, छाप औपचारिक रुपमा शुरु भएको घोषणा गरेकी हुन् । नगरपालिकाको पुरानो बोर्डलाई बिस्थापित गर्दै आईतबारदेखी नयाँ साईनबोर्ड राखिएको र १५ वटै वडाबाट काम शुरु भएको नगरपालिकाले जनाएको छ ।
यस्तै, फागुन १४ गतेको नेपाल राजपत्र अनुसारनै दिप्रङ गाउँपालिकालाइ दिप्रङ चुईचुम्मा गाउँपालिका नामाकरण भएसँगै त्यहाँ पनि नयाँ नाम तथा लेटरप्याड, छापबाट काम शुरु भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology