चिसाङ शेर्पा माघ/२९ खोटाङ,
खोटाङका दुई अभिभावकलाई यतिबेला भ्याईनभ्याई भईरहेको छ । उनीहरुलाई कुनै चावपर्ब आएर भने भ्याईनभ्याई भएको हैन । जिल्लामा जिल्लास्तरिय एकल गीति प्रतियोगिता खोटाङ आईडलको स्टेज शो गर्न दौडधुपमा ब्यस्त भएका हुन् ।
रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका रामकृष्ण राईलाई छोरी पढाउने मात्रै अभिभारा थियो । तर, गत महिना माघ १ गतेदेखी उहाँलाई थप भार परेको छ । रत्नराज्य लक्ष्मी मावि कुभिण्डेका शिक्षक राईको अहिले स्कुल पढाउन र कान्छी छोरी १० बर्षिय ईशारा चेली राईलाई संगीत सिकाउनु उहाँको दैनिकी हो ।

ईशारा चेली राई
परिबर्तन नेपाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीले आयोजना गरिरहेको संगीतिक रियालिटी शो खोटाङ आईडलमा लगातार पाँचौ अडिसनसम्म सफल भएकी ईशारालाई संगीत नगरीमा जमाउन उनी कहिले दिक्तेल कहिले कुभिण्डे गरीरहेका हुन् ।
पुस १२ गते खार्पाबाट छनौट भएकी सानी कलिला राई गीत संगीतमा जति अब्बल छिन् । पढाईमा त्यसको दोब्बर छन् । २ कक्षासम्म राजधानीमा बोर्डिङ पढेकी ईशारा हाल रत्नराज्य लक्ष्मी मावि कुभिण्डेमा कक्षा ५ मा अध्ययनरत छात्रा हुन् । माविमा ३ कक्षाबाट पढ्न शुरु गरेकी राईले हालसम्म कक्षा टप गर्दै आएकी छन् ।
नेपाली गीतसंगीतलाई हुबहु गाउन र आफ्नो प्राकृतिक स्वरमा मिठासपन दिनु ईशाराको बिशेषता हो । छोरी संगीतमा अतिनै रुचि राख्छिन् उनका बुबा रामकृष्ण राईले भन्नुभयो बिद्धालय र जारी आईडलको तयारीको लागि बिहान बेलुकागरी गाउनलाई एक घण्टा समयदिन्छु, म चाँही उनीको टाईमिङ ख्याल गर्छु ।

ईशारा चेली राई
छोरी गाउछिन् म सुन्छ, उनीलाई सुर तालमा सहयोग गर्छु, मादल बजाईदिन्छु शनिबार आईडलको पाचौ अडिसन दिन छोरी लिएर दिक्तेल आएका राईले भने, अहिले त बाउ छोरीभन्दा नि गुरु चेला हौ नानी र म । स्वस्फुर्त गाउन मन गर्ने छोरीलाई आमा बबिता राईको पनि उतिकै सहयोग रहने राईले बताए ।
रत्नराज्य लक्ष्मी माविका शिक्षक तथा कक्षा ४ र ५ का संगीत गुरु समेत रहेका राईले भने, “छोरी ईशारा पढ्ने बेलामा गीत गाउन रुचि राखिन, बाउ आमाको नाम उच्च गर्दैछिन छोरी सुमसुमाउँदै भने तर, टपटेनमा परेनन् छोरी दुखी छे । गला अबरुद्ध गर्दै भने छोरीलाई कुशल गायिका बनाउने सपना छ ।”
यस्तै, उमेरले ईशारा भन्दा दिदी तथा प्रतिभाका धनि बाल कलाकार हुन् कन्चन राई । ऐसेलुखर्क गाउँपालिका–२ बादेलकी ११ बर्षिय कञ्चनले आईडलको पाँचौ अडिसन आइपुग्दा निर्णायकको वाहवाही, दर्शक र श्रोताको अथाह माया र सद्भाव बटुलेकी छिन् ।
जालपा मावि बादेलमा कक्षा ७ मा अध्ययनरत कन्चनको बुबा गुणराज राई र आमा लक्ष्मी राई पेशाले किसान हुन् । २ छोरी १ छोराको अभिभावक राईद्धयलाई ठुली छोरीको प्रतिभाले गाउँ छिमेक, जिल्ला र देश तथा विदेशबाट बधाई तथा सम्मान आईरहेको छ ।

बुबा छोरी गुणराज राई र कन्चन राइ
गत पुस ८ गते ऐसेलुखर्क अडिसनबाट छनोट भएकी कक्षा टप कन्चनले हालसम्म कुनै ठाउँमा औपचारिक संगीत सिकेका छैनन् । सानै भएको र विद्धालयको पढाईमा असर पुग्ने हुनाले कतै सिकाउन नलगेको उनका बुबा गुणराजले बताउनुभयो ।
संगीतमा अनुभव थोरै छ, सिकेको छैन तर, यतिसम्म प्रगती गर्दैछिन । मेरो छोरीमा प्रतिभा होला र नै त यस्तो गीत गाउँछिन, निराश हुंदै उहाँले भन्नुभयो तर, आईडलको टपटेनमा परेनन् । उनले यति भन्दै गर्दा आईतबार कन्चन समिक्षालय हलको अगाडी पिलपिल आसु झार्दै थिईन् ।

कन्चन राइ
हामीले फोटो खिच्नसम्म मन नगर्ने कन्चनले भविष्यमा संगीत नगरीमा कायापलट ल्याउने संकेत देखेर नै उनीसँगै ईशारा चेली राईलाई एकबर्ष निशुल्क संगीत कक्षा सिकाइने साईनो कला केन्द्र खोटाङका अध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो ।
शनिबार आईडलको लोकपप राउण्डमा दुबैजनाको आवाज नपुगेको र बाल कलाकार भएकाले निर्णायक गायिका पार्वती राई, गायक तथा समाजसेवी हेम विक्रम राई र गायक तथा संगीतकार भलकाजी राईले आयोजकलाई अनुरोध गरेर गला मर्न दिनु नहुने भनेका थिए ।
आयोजकले प्रतिभाको कदर स्वरुप आईडलको अन्तिमसम्म उनीहरुलाई लैजाने तर, भोटिङ कोड नदिएको बताएका छन् । ईशारा र कन्चनले आईडलको फाईनलमा दश हजार बराबरको सम्मान पाउने आयोजकले जनाएको छ । आईडलको फाईनल राउण्ड आगामी चैत्र ३ गते हुंदैछ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology