समायोजन खबर खोटाङ, दाहाल प्रतिष्ठान शाखा समिति खोटाङको अध्यक्षमा लिला बहादुर दाहाल चयन हुनुभएको छ। शनिबार प्रतिष्ठानको कार्यालय दिक्तेलमा सम्पन्न चौथो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
दाहालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। उपाध्यक्षमा मित्रबहादुर दाहाल, सचिवमा शेरबहादुर दाहाल, सहसचिवमा लक्ष्मीप्रसाद दाहाल, कोषाध्यक्षमा रविना सुवेदी दाहाल चयन हुनुभएको छ।
अधिवेशनले कुमार दाहालको संयोजकत्वमा प्रशान्त दाहाल र प्रेमचन्द्र दाहाललाई समेटेर लेखा समिति गठन गरेको छ। प्रतिष्ठानको सल्लाहकार संयोजकमा प्रतिष्ठानका पूर्वअध्यक्ष मीनकुमार दाहालसहित सात सदस्य रहनुभएको छ। सल्लाहकार समिति सदस्यहरुमा भक्त बहादुर दाहाल, दिलीप दाहाल, गोमा दाहाल, हर्क बहादुर दाहाल, नइन्द्र दाहाल र डम्बर बहादुर दाहाल रहनुभएको छ।
अधिवेशनको अवसरमा दृष्टिविहिन गायक तथा संगीतकार भक्त बिश्वकर्मा र समाजसेवी भक्त बहादुर दाहाललाई सम्मान गरिएको छ। बिश्वकर्मालाई दोसल्ला ओढाएर नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको छ। दाहाललाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको छ।
कार्यक्रममा प्रतिष्ठानको कार्यालयका लागि निशुल्क काठ उपलब्ध गराउनुहुने तथा प्रतिष्ठानको अक्षयकोषमा ५० हजार लगानी गरिदिनुहुने दीपक दाहाललाई पनि सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष दाहालले जानकारी दिनुभयो। अधिवेशनको कुलवधु सेवा समाजका केन्द्रीय संयोजक रीता पाठक दाहालले उद्घाटन गर्नुभएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology