• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङ : सुमो र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते

खोटाङ : सुमो र मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक गम्भीर घाईते


समायोजन खबर
  • सोमबार, कार्तिक ८ २०७८

  • सांकेतिक तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा सुमो(जिप) र मोटरसाईकल ठोक्किएर दुर्घट्ना हुंदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन्।

    मध्यपहाडी लोकमार्ग अन्तर्गत नुनथलाको बगाले चोकमा अन्दाजी ३ वजे काठमाण्डौबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४६९१ नम्बरको सुमो र विपरीत दिशावाट गईरहेको बा ८२ प ५३६० नम्बरको मोटरसाइकल एकअर्कामा ठक्कर खाई दुर्घट्ना हुंदा मोटरसाइकल चालक रावाबेंशी गाउँपालिका–१ कुभिण्डेका २६ वर्षीय सोम राई गम्भीर घाईते भएका हुन्।

    घाईतेलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याईएको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर भएकाले काठमाण्डौ लाने तयारी भईरहेको छ।

    सुमो चालक र मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ। थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology