समायोजन खबर खोटाङ,खोटाङमा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको नङ्रेखोलाको भीरबाट लडेर मृत्यु भएको हो।
दशै मनाउन श्रीमतीसँगै बाम्राङ खत्री गाउँ ससुराली आएका राउतको दशैको टीका लगाएर फर्कने क्रममा नङ्रेखोलाको भीरबाट अन्दाजी ५० मिटर तल खसेर घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो।
आवश्यक प्रक्रिया पूरा गरेर राउतको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ। मादक पदार्थ सेवनका कारण दुर्घट्ना भएको अनुमान गरिएको छ। घट्नाका वारेमा थप अनुसन्धान भईरहेको प्रनाउ लम्सालले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology