• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क


समायोजन खबर
  • बुधबार, माघ ७ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ ।

    दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो ।

    यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

    आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयंसेवक पर्नेछन् । त्यसपछि प्राथमिकताअनुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिनेछ ।

    यद्यपि अवैधानिक तवरले बस्ने तथा स्वास्थ बीमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ । कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठूलै हुनसक्ने अनुमान छ ।

    दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै सङ्क्रमण तीव्ररुपले फैलिएको छ । केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक सङ्क्रमितको सङ्ख्या ४०० भन्दा तल झरेको छ । सरकारले सङ्क्रमण थप फैलिन नदिन सामाजिक दूरी कायम राख्दै सार्वजनिकस्थलमा चार जनाभन्दा धेरै भेला हुन बन्देज गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology