समायोजन खबर खोटाङ, खोटाङमा देउवापक्ष कांग्रेसको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। आठौ जिल्ला अधिवेशनबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका राई सर्वसम्मत चयन भएका हुन्।
उपसभापतिमा खिलाराज राई दिपक, केशव राई, सचिवमा अमृत गिरी, प्रदीप कार्की, सह–सचिवमा अनिता राई र सुरेश कार्की चयन भएका छन्।
क्षेत्र नं.‘क’ क्षेत्रीय सभापतिमा उद्धव राई, उपसभापतिमा मकर राई, सचिवमा टिका बहादुर बस्नेत, सह–सचिवमा सेकेन्द्र राई र राधा गिरी तथा क्षेत्र नं.‘ख’ क्षेत्रीय सभापतिमा सुनिलचन्द्र राई, उपसभापतिमा भिम बहादुर राउत, सचिवमा निरेस कुमार राई, सह–सचिवमा संगम राई र विश्वदिप राई सर्वसम्मत चयन भएका छन्।
महासमिति सदस्य को–को बने
भुपेन्द्र राई, हिरा गुरुङ, दिनेश राई, पदम निरौला, नबराज राई, सरिता आङदेम्बे, देबी राई, देबेन्द्र बस्नेत, लोकेन्द्र राई, योगेन्द्र राई, पेशल कुमार राई, राकेश परियार र इन्दिरा दाहालसहित १३ जना महासमिति सदस्यमा चयन भएका छन्।
महाधिवेशन प्रतिनिधि को–को बने ?
विभिन्न क्लस्टरमा हिरा गुरुङ, सरिता आङदेम्बे, देबी राई, शान्तीकला राई, भुपेन्द्र राई, दिनेश राई, योगेन्द्र राई, लोकेन्द्र राई, पेशल कुमार राई, वसन्त राई, नबराज राई, दिलिप खत्री, भिम केशर राई, राकेश परियार, विकास श्रेष्ठ, इन्दिरा दाहाल, पदम निरौला, ज्ञान बहादुर माझी, दुरेन्द्र कुमार राई, मोहन राई, सुमन राई, सुनिता राई, कम्पशेर राई, सन्तोष राई, निर्पध्वज बिक, देबेन्द्र बस्नेत, कृष्णराज आचार्य, प्रतिक्षा राई, योगेश गुरुङ, दिपक बिक, सत्यवती राई, निर्मला राई, हरि थापा, उदय चाम्लिङ महाधिवेशन प्रतिनिधि बनेका छन्।
प्रदेश महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं.‘क’ बाट भेविन्द्र राई, पदम बहादुर श्रेष्ठ, दिपक राई, रमाहाङ राई, अनिता राई, युजन राई, मुना दाहाल, गोपी निरौला, कालिदास पोखरेल, नारायण सिं राई, सकुन्तला बानियाँ, मेनुका राई, कला बिक तथा क्षेत्र नं.‘ख’ बाट मन्जित राई, कुमार खत्री, चन्द्र बहादुर राई, कौसिला राई, देबका खड्का, नयन्द्र राई, कविराज राई, नबराज दाहाल, शुक्र राई, दुरेन गुरुङ, टिकामाया दर्जी, हेमराज राणा मगर, उषा राई, रमा खड्का, मुना दाहाल, किरण राई, केदार ओझा, राजकुमार गुरुङ र गीता परियार प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology