Samayojan khabar

Advertisment

SKIP THIS

प्रदेशस्तरीय छनोटमा करातेलाई धेरै स्वर्ण

प्रदेशस्तरीय छनोटमा करातेलाई धेरै स्वर्ण


समायोजन खबर
  • आइतबार, मंसिर ७ २०८३

  • खोटाङ कराते टिम।

    समायोजन खबर खोटाङ, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कोशी प्रदेशस्तरीय छनोटमा करातेमा मात्रै खोटाङले हालसम्म चार स्वर्ण, दुई रजत पदक प्राप्त गरेको छ।

    ५ मंसिरबाट इटहरीमा चलिरहेको छनोटमा पुरुष कुमितेतर्फ माइनस ८४ केजी तौल समूहमा ईश्वरधन राई र महिला कुमितेतर्फ माइनस ६८ केजी तौल समूहमा युमासाम राईले स्वर्ण पदक प्राप्त गरेका छन्।

    पुरुष एकलकातामा सुर्यचन्द्र राई र पुरुष समूह कातामा साहिल राई, रुरीहाङ दुमी राई र सुर्यचन्द्र राईले स्वर्ण पदक प्राप्त गरेको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सन्जय कुमार राईले बताए।

    राईका अनुसार महिला एकलकातामा अनिसा राई र महिल समूह कातामा करुणा राई, बिसुका राई, अनिसा राईले रजत पदक प्राप्त गरेकी छन्। करातेका बाँकी छनोट खेलहरु ७ मंसिर बिहानबाट सुरु हुनेछ। कार्तिक २७ गतेबाट सुरु भएको प्रदेशस्तरीय छनोट मंसिर ११ गते सकिनेछ।

    खोटाङबाट १६ विधामा २०३ जना खेलाडी प्रदेशस्तरीय छनोटमा प्रतिस्पर्धा गरिरहेका छन्। हालसम्म सबैभन्दा बढी स्वर्ण करातेले पाएको हो। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा मंसिर १६ गतेदेखी २७ गतेसम्म हुँदैछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology