Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार महासंघ खोटाङको भवन बन्न सुरु

पत्रकार महासंघ खोटाङको भवन बन्न सुरु


समायोजन खबर
  • शुक्रबार, चैत्र १३ २०८२

  • समायोजन खबर खोटाङ, पत्रकार महासंघ खोटाङको पक्की भवन निर्माण कार्य सुरु भएको छ। दिक्तेलस्थित रत्नपार्कमा भवन निर्माणको काम सुरु भएको हो।

    कोशी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बिनियोजित बजेटबाट भवन निर्माण कार्य सुरु भएको पत्रकार महासंघ खोटाङका अध्यक्ष हरिबोल आचार्यले बताउनुभयो।

    भवनका लागी कोशी प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयका निवर्तमान मन्त्री भुपेन्द्र राईले ३ करोड बजेट बिनियोजन गरिदिनु भएको थियो। सोही बजेटमध्येमा भ्याट र पिएससहित २ करोड ६ लाख ४१ हजार ५४६ रुपैयाँ ३५ पैसामा मोहन एण्ड ब्यासीगाउँ–रुपाकोट–सरस्वती जेभि खोटाङले ठेक्का पारेको छ।

    ठेक्का पारेको जेभीले २०८४ पुस २३ गते भवन निर्माण गरिसक्नुपर्ने सम्झौता छ। साँढे दुई तल्लाको भवन निर्माणका लागी चालु आर्थिक वर्षमा १ करोड बजेट बिनियोजन भएता पनि भवन निर्माण सम्पन्न गर्ने बितिकै सम्झौता अनुसारको सम्पूर्ण बजेट उपलब्ध गराउन कार्यालय तयार रहेको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख, इन्जिनियर बिनम दाहालले बताउनुभयो।

    समय अवधिमै भवन निर्माण सम्पन गरी बुझाइने निर्माण व्यवसायी भीषण राईले बताएका छन्। भवनको शिलान्यास गर्दै निवर्तमान मन्त्री राईले पत्रकारहरु जबसम्म व्यवस्थित हुन सक्दैन, तबसम्म नागरिकले शुसुचित हुने मौका कम पाउने बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology