समायोजन खबर खोटाङ, ट्रकमा सवार सहचालकले रगत उल्टी गरेपछि मृत्यु भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान ऐसेलुखर्कस्थित सडकमा सवार ट्रकका सहचालक उदयपुर कटारी नगरपालिका–३ सिम्लेका ३२ वर्षीय जीवन बरुवालको मृत्यु भएको हो।
मिर्चैयाबाट दिक्तेलतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८०२ नम्बरको ट्रकमा सवार बरुवाललाई मंगलबार साँझ ५ बजेर ५० मिनेटमा अचानक गाह्रो भएको भनि चालकलाई भनेपछि चालकले ट्रक रोकेपछि ओर्लिएर सडकको नालीमा रगत उल्टी गरी घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शवको कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टम गर्न कटारी अस्पताल उदयपुर पठाईएको छ। घट्नास्थलमा अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरीक्षक हेमन्त राईको कमाण्डमा ५ जना प्रहरी खटेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology