Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा चट्याङ लागेर एकजनाको मृत्यु

खोटाङमा चट्याङ लागेर एकजनाको मृत्यु


समायोजन खबर
  • बिहिबार, बैशाख ४ २०८२

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा चट्याङ लागेर एकजना पुरुषको ज्यान गएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडा नास्तुमका ५५ वर्षीय गंगा प्रसाद ढकालको ज्यान गएको हो।

    बिहीबार दिउँसो अन्दाजी  २ बजे घर नजिकै बिजुलीको पोल छेउमा रहेको अवस्थामा अचानक चट्याङ पर्दा ढकालको घट्नास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

    घट्नास्थल सुरक्षित राखेर थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घट्नास्थलतर्फ हिडेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।

    धानको बीउ राखेको ठाउँमा बाँदर खेत्न गएका बेला ढकाललाई चट्याङ लागेको हुन सक्ने वडाध्यक्ष लिला कुमार चौहानले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology