• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नौ महिनामा आगलागीबाट १३ करोड २३ लाख बढीको क्षति

नौ महिनामा आगलागीबाट १३ करोड २३ लाख बढीको क्षति


समायोजन खबर
  • आइतबार, चैत्र १६ २०८१

  • महादेवस्थानस्थित हलेसीबजारमा फागुन ४ गते ग्यास लिक भई लागेको आगो।

    समायोजन खबर खोटाङ, खोटाङमा आगलागी र डढेलोबाट १३ करोड २३ लाख ६० हजारको क्षति भएको छ। साउनदेखि चैत १५ गतेसम्म भएको आगलागी र वनबाट सल्केको डढेलो बस्ती पस्दा उक्त क्षति भएको हो।

    प्रहरीका अनुसार साउनदेखि चैत १५ गतेसम्म आगलागीबाट ८ करोड ८० लाख ९५ हजार क्षति भएको छ। आगलागीबाट २१ वटा घर, १० वटा गोठ पूर्णरुपमा, ११ वटा घर, १ वटा गोठ आंशिक रुपमा जलेको छ। २२ वटा चौपाय आगलागीमा जलेर मरेको छ।

    आगलागीको ९ महिना अवधिमा फागुनमा सबैभन्दा धेरै क्षति भएको छ। फागुनमा मात्रै हलेसीबजारमा एलपी ग्यास लिक भई आगलागी हुँदा ७ करोड ३२ लाखको क्षति भएको थियो। साउनमा ७५ हजार, भदौमा ७ लाख ३० हजार, असोजमा १८ लाख ५८ हजार, कार्तिकमा १७ लाख ६४ हजार, मंसिरमा १६ लाख १० हजार, पुसमा ४५ लाख ११ हजार, माघमा २९ लाख ४७ हजार र चैत १५ गतेसम्म आगलागीबाट १४ लाखको क्षति भएको छ।

    यस्तै, फागुन महिना र चैत १५ गतेसम्म लागेको डढेलोबाट ४ करोड ४२ लाख ६५ हजारको क्षति भएको छ। डढेलोबाट २५ वटा घर, १९ वटा गोठ पूर्णरुपमा जलेको छ। डढेलोमा परेर १९ वटा चौपाय मरेका छन्। ढडेलोबाट ११ वटा सामुदायिक र १ वटा व्यक्तिगत वन जलेर नष्ट भएको छ।

    विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना र जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वटा वडामध्ये २० वटा वडालाई डढेलोको उच्च, २२ वटा वडालाई मध्यम र ३७ वटा वडालाई डढेलोको न्युन जोखिममा स्तरीकरण गरेको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत उदिम प्रसाद राईले बताउनुभयो।

    राईका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, जालपा, बुईपा, हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, दुर्छिम, महादेवस्थान, अर्खौले, राजापानी, रावाबेशी गाउँपालिकाको लामिडाँडा,ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क, केपिलासगढी गाउँपालिकाको बाक्सिला डढेलोको उच्च जोखिममा छ।

    खोटेहाङ गाउँपालिकाको सबै वडाहरु लिकुवापोखरी, वाप्लुखा, सावाकटहरे, बड्कादियालो, चिप्रिङ, इन्द्रेणीपोखरी, खोटाङबजार, सिमपानी, लिच्किराम्चे डढेलोको उच्च जोखिममा छन्।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सोल्मा, बाम्राङ, खाल्ले, लफ्याङ, पाथेका, खार्मी, नुनथला, विजयखर्क, हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, च्यास्मिटार, बडहरे, मंगलटार, धितुङ, सल्ले, रावाबेशी गाउँपालिकाको खार्पा, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी, जन्तेढुंगा गाउँपालिकाको देविस्थान, काहुले, चिसापानी, दिप्लुङ र बराहपोखरी गाउँपालिकाको फाक्टाङ डढेलोको मध्यम जोखिममा रहेका छन्।

    डढेलोको उच्च जोखिममा रहेका २० ओटा वडालाई लक्षित गरेर डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धि स्थानीय सञ्चारमध्यमबाट प्रचारप्रसार, हाते ब्रुसरहरु वितरण, वन समूहहरुमा अन्तरक्रिया कार्यक्रम गरिएको छ। ‘वन डढेलो नियन्त्रण गर्नका लागि विभिन्न सामाग्रीहरु खरीद गरेर सकेमा वन समूहलाई उपलब्ध गराउने, सब डिभिजन स्तरमा राख्ने र मुख्यगरी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उपलब्ध गराउने तयारी गरिरहेका छौ।’ डिभिजनल वन अधिकृत राईले भन्नुभयो।

    राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन २०७६ को परिच्छेद १५, कसुर र सजाय अन्तर्गत क्षतिको बिगो असुल गरी तीन वर्षसम्म कैद वा साठी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology