• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रास्वपाको जिल्ला अध्यक्षमा थापा निर्वाचित

रास्वपाको जिल्ला अध्यक्षमा थापा निर्वाचित


समायोजन खबर
  • शनिबार, पौस १३ २०८१

  • रास्वपाले हेलिप्याडमा आयोजना गरेको पहिलो जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तोसिमा कार्की।

    समायोजन खबर खोटाङ, राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङको अध्यक्षमा मुकुन्दकृष्ण थापा निर्वाचित भएका छन्। शनिबार सम्पन्न पहिलो जिल्ला भेलाबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन्।

    निर्वाचित थापा र डा.राजकुमार राई अध्यक्षमा आकाङक्षी थिए। थापा र राईमध्ये एकलाई अध्यक्षमा छनोटका लागि सदस्यहरुलाई अवसर दिंदा थापाको पक्षमा बहुसंख्यक सदस्यहरु उभिएका थिए।

    थापाको अध्यक्षतामा दश सदस्यीय जिल्ला समिति गठन गरिएको हो। समितिको सचिवमा सुमन खत्री, सह–सचिवमा राजन अधिकारी र सदस्यहरुमा टंक कुमार मगर, प्रकाश अधिकारी र तारा दाहाल छन्। एक उपसभापति र तीन सदस्य पछि समावेशी र भुगोलका आधारमा मनोनयन गरिने रास्वपाले जनाएको छ।

    जिल्ला भेला गराउन रास्वपाकी केन्द्रीय सदस्य एवंम् प्रतिनिधिसभा सदस्य तोसिमा कार्की, सह–प्रवक्ता रमेश प्रसाईं दिक्तेल आएका थिए।

    हेलिप्याडमा सभा गरेर जिल्ला समन्वय समितिको पूरानो सभाहलमा बन्द सत्र गरेर जिल्ला समिति गठन गरिएको रास्वपाका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर संयोजक पर्शुराम थापा आशिषले जानकारी दिए। थापाका अनुसार केन्द्रीय सदस्य कार्की र सह–प्रवक्ता प्रसाईं आजै ओखलढुंगा लागेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology