• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

करणी मुद्दामा फरार पक्राउ

करणी मुद्दामा फरार पक्राउ


समायोजन खबर
  • सोमबार, साउन २८ २०८१

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, करणी मुद्दामा फरार रहेका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन्।

    राईलाई प्रहरी चौकी रतन्छाबाट खटेको प्रहरी टोलीले साउन २७ गते पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले जानकारी दिए।

    राईले २०७२ माघ १८ गते अन्दाजी रातको १२ बजेको समयमा एक्लै घर फर्कदै गरेकी १४ वर्षीया सुस्तमनस्थितिकी बालिकालाई जबर्जस्ती गरेको भनेर २०७२ माघ २० गते प्रहरीमा जाहेरी परेको थियो।

    जाहेरी परेपछि फरार रहेका राईलाई जिल्ला अदालत खोटाङले १३ वर्षको कैद तोकेको थियो। पक्राउ परेका राईलाई सोमबार जिल्ला अदालतमा पेश गरेर आजै कैद भुक्तानका लागि जिल्ला कारागार पठाईएको छ

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology