समायोजन खबर खोटाङ, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुनिता खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत खोटाङबाट पक्राउ अनुमति जारी गरी फरार रहेका ४१ वर्षीया खड्कालाई प्रहरी वृत सातदोवाटो ललितपुरको समन्वयमा ललितपुर महानगरपालिका–१४ थसिखेलबाट पुस १७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उदयपुरको चुहाडे गाविस–४ मा जन्मिएका खड्का हाल दोलखा फस्कु गाविस–६ स्थायी वतन भई काठमाण्डौको काठमाण्डौ महानगरपालिका–१३ का स्थायी वासिन्दा हुन्।
विभिन्न प्रलोभन देखाई विभिन्न मितिमा निर्मला भुजेलबाट ३५ लाख २५ हजार लगेकोमा सोही रकम बराबरको बैंक अफ काठमाण्डुको चेक काटीदिई साट्न जाँदा निज खड्काको खातामा मौज्दात नभएको भनि जिल्ला प्रहरी कार्यालयमा भुजेलले जाहेरी दिईएकी थिईन्।
पक्राउ परेकी खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको छ। बैंकिङ कसुर मुद्दामा प्रहरीले प्रतिवादी पक्राउ गरेको यो पहिलो हो। यस अघिसम्म यही प्रकृतिको मुद्दा हेर्ने अधिकार जिल्ला अदालत खोटाङलाई नहुँदा विराटनगर पठाउने गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology