समायोजन खबर खोटाङ, खोटाङमा एकजना महिला मृत फेला परेका छन्। खोटेहाङ गाउँपालिका–३ सवाकटहरे नागीका ६६ वर्षीया क्षमा राई मृत फेला परेको हो।
पुस १७ गते घरमा कसैलाई जानकारी नगराई हिडेकोमा आफन्तहरुले खोजतलास गर्दा बुधबार बिहान ८ बजे घरभन्दा ५०० मिटर पश्चिमतर्फ सडकको दाहिने साइडमा राई मृत फेला परेको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी स्वास्थ्य चौकी इन्द्रेणीपोखरीमा शवको पोष्टमार्टम गरी मृतकको देवर नाता पर्ने कर्ण बहादुर राईले शव बुझेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology