समायोजन खबर खोटाङ,६८ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरीका परिवारलाई सम्मान गरेको छ। मंगलबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा अमर प्रहरीका तीन परिवारलाई दोसल्ला ओढाई सम्मान गरेको हो।
दिवसका अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल आचार्य गाउँका अमर प्रहरी जयप्रसाद आचार्य र दिक्तेल अस्पताल चोकका अमर प्रहरी नवराज ठाकुरका आमालाई सम्मान गरिएको छ।
अमर प्रहरीका परिवार,बायाँबाट कमलादेबी आचार्य,सरस्वती ठाकुर र कमल श्रेष्ठ। तस्विरः चिसाङ शेर्पा
अमर प्रहरी आचार्यका आमा कमलादेबी र ठाकुरका आमा सरस्वती देवीलाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो। यस्तै, अमर प्रहरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेलका हरिभक्त श्रेष्ठका छोरा कमल श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरिएको छ। अन्य दुई अमर प्रहरीका अभिभावक शेर बहादुर राई र श्यामसरी राई उपस्थित भएनन्।
दिवसका अवसरमा प्रहरीको विभिन्न बिधामा कर्तव्य निष्ट भई उत्कृष्ट कार्य गर्ने प्रहरी सहायक निरिक्षक खिलाराज खतिवडा, प्रहरी बरिष्ठ हवल्दार धर्मश्वज राउत, प्रहरी हवल्दार टिका गौतम, प्रहरी सहायक हवल्दार दिपक खत्री, प्रहरी जवान शेसु कुमार राई, प्रहरी जवान उपेन्द्र कठायत पुरस्कृत भएका छन्।
अमर प्रहरीप्रति श्रद्धासुमन व्यक्त गर्दै अमर प्रहरी नवराज ठाकुरका आमा सरस्वती ठाकुर। तस्विर चिसाङ शेर्पा
उत्कृष्ट प्रहरीहरलाई सहायक प्रमुख जिल्ला अधिकारी शाह, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक बेनु कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो। यसैगरी, प्रहरी दिवसको अवसरमा आयोजना गरिएको जिल्ला स्तरीय निवन्ध प्रतियोगितामा प्रथम हुने चिसापानी माविका काविल घिमिरे, दोश्रो हुने चिसापानी माबिकै बिनिसा खड्का र तेश्रो हुने दुर्छिम माविका बियोग राईलाई पुरस्कार वितरण गरिएको थियो। 
निवन्ध प्रतियोगिताका विजयी विधार्थीहरुलाई गोरखनाथ गण मुडे ब्यारेकका कार्यालय प्रमुख सेनानी सुजन गुरुङ, सशस्त्र प्रहरी बल हलेसी नं. ७ गुल्मका कार्यालय प्रमुख कृष्ण बहादुर बलमे पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा प्रहरी दिवसका अवसरमा रक्तदान गर्ने प्रहरी नायब निरिक्षक शेखर कुमार श्रेष्ठ, प्रहरी सहायक हवल्दार बुद्दिमान तामाङ, प्रहरी जवान लिला बहादुर थापा, प्रहरी जवान पुजा राई, प्रहरी जवान मन्दिप राईलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology