Samayojan khabar

Advertisment

SKIP THIS

लफ्याङ र बाम्राङमा रास्वपाको वडा समिति गठन

लफ्याङ र बाम्राङमा रास्वपाको वडा समिति गठन


समायोजन खबर
  • शनिबार, असार ३० २०८०

  • बाम्राङ वडा समितिका पदाधिकारीको साथमा रास्वपाका नेताहरु।

    समायोजन खबर खोटाङ, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङ र बाम्राङमा वडा समिति गठन गरेको छ। बिहीबार लफ्याङमा वडा समिति गठन गरेको रास्वपाले शनिबार बाम्राङमा वडा समिति गठन गरेको हो।

    लफ्याङ वडा समितिका पदाधिकारीको साथमा रास्वपाका नेताहरु।

    सोनाम हाङ राईको संयोजकत्वमा लफ्याङमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ । सह–संयोजकमा युवराज कटवाल, सचिवमा सुजन घिमिरे, सह–सचिवमा दीपेन खत्री र कोषाध्यक्षमा सरिता आचार्य रहेकी छन्।
    सदस्यहरुमा रोनाल भुजेल, आकाश आचार्य, पर्शुराम कटुवाल, रित प्रसाद राई, लोक थापा र चन्द्रकला दुलाल रहेकी छन। बाम्राङमा भानुभक्त खत्री(रोशन)को संयोजकत्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। सह–संयोजकमा आस्विन राई(किरण), सचिवमा मीना आचार्य पाण्डे, सह–सचिवमा कुमार थापा र कोषाध्यक्षमा दुर्गा रम्तेल रहेकी छन्।

    सदस्यहरुमा कल्पना बस्नेत, शिव दाहाल, सन्दीप दाहाल, नविन थापा, ज्ञान बहादुर दाहाल र सबिन राई रहेका छन्। निकट भविष्यमा जिल्लाभर संगठन निर्माण गर्ने लक्ष्यले रास्वपाले २२ बैशाखमा दिक्तेलबजारस्थित भानुचोक बरगाछीमा सम्पर्क कार्यालय स्थापना गरेको थियो।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य मन्जु विष्ट, रास्वपाका साधारण सदस्य डा. राजकुमार राई र रास्वपा नेता गणेश बस्नेतको उपस्थितीमा सम्पर्क कार्यालय स्थापना गरिएको थियो। सम्पर्क कार्यालयमा मुकुन्दकृष्ण थापा, पारस विराट र सोनाम हाङ राईलाई सम्पर्क व्यक्तिको रुपमा जिम्मेवारी दिईएको छ। उनीहरुले पार्टीको वारेमा जान्न चाहाने व्यक्तिहरुलाई जानकारी दिने र सदस्य बन्न चाहने व्यक्तिहरुलाई सदस्य बन्न सहजीकरण गर्नेछ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology