• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ट्याक्टरमा सवारको मृत्युपछि आठ वर्षदेखि फरार रहेका चालक पक्राउ

ट्याक्टरमा सवारको मृत्युपछि आठ वर्षदेखि फरार रहेका चालक पक्राउ


समायोजन खबर
  • आइतबार, असार २४ २०८०

  • साँकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङमा प्रहरीले आठ वर्षदेखि फरार रहेका ट्याक्टर चालकलाई पक्राउ गरेको छ। वराहपोखरी गाउँपालिका–१ वराहपोखरीका सन्तोष भनिने दिल बहादुर परियारलाई पक्राउ गरेको हो।

    परियारले २०७२ फाल्गुण १५ गते चलाएको को १ त १९८० नम्बरको ट्याक्टर वराहपोखरीस्थित बरबोटे खरबारी पाखामा दुर्घट्ना हुँदा उक्त ट्याक्टरमा सवार वराहपोखरीकै ५९ वर्षीय निर बहादुर मगरको मृत्यु भएको थियो।

    घट्नास्थलबाट फरार रहेका चालक परियारलाई खोज तलास गर्ने क्रममा २२ असारमा सुनसरीको धरान उपमहानगरपालिकामा लुकिछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सूचना अधिकारी बेनु कार्कीले जानकारी दिए।
    कार्कीका अनुसार पक्राउ परेका परियार विरुद्ध आज(आइतबार) सवारी ज्यान कसुरमा सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology