चिसाङ शेर्पा खोटाङ, रोजगारीका क्रममा कतारमा विल्डिङबाट लडेर घाईते भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला गैरीका दोर्ची शेर्पाले उपचार खर्च पाएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रमको सहायतामा शेर्पाले नगद १ लाख ५ हजार उपचार खर्च पाएका हुन्। शेर्पालाई उपचार खर्च उपलब्ध गराउन नगरपालिका र सामीबाट नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार बोर्डसम्म कागजात पु¥र्याउनमा सामीले भूमिका खेलेको थियो।
२०७९ भदौ २० गते बैदेशिक रोजगार बोर्डमा कागजात पठाईए पनि फलोअप गर्दा गर्दा शेर्पालाई बल्ल उपचार खर्च उपलब्ध गराउन सफल भईएको सामी कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए। शेर्पाको उपचार खर्च दिलाउनमा अन्य केशहरुमा भन्दा बढी खट्नु परेको अनुभव आचार्यसँग छ। जेठ १८ गते उपचार खर्च बापत बैदेशिक रोजगार बोर्डले आफ्नो खातामा १ लाख ५ हजार पैसा जम्मा गरिदिएको शेर्पाले पुष्टि गरेका छन्।
बैदेशिक रोजगारीको सिलसिलामा लडेर घाईते भएपछि सामीको सहयोगमा उपचार खर्च पाउँदा आफूलाई खुशी लागेको शेर्पाले सुनाए। उपचार खर्च उपलब्ध गराउनमा संलग्न बुबा पेमाछेत्तर सहित सबैलाई शेर्पाले धन्यवाद दिएका छन्।
घरबाट २०७८ चैत २४ गते कतारको सनैयास्थित कार प्रोटेक्सन कम्पनी पुगेका शेर्पा २०७९ बैशाख १ गते कम्पनीको विल्डिङको सिढीबाट तल झर्दै गर्दा साँढे दुई तला माथिबाट चिप्लिएर करीव ८ मिटर तल बजारिएका थिए।
बजारिएर हिड्नै नसक्नेगरी दुबै खुट्टामा समस्या भएपछि शेर्पा कतारको हमाद अस्पतालमा कम्पनीको सहयोगमा दुई महिना उपचारमा बसे। दुई महिनाको उपचार पश्चात बैशाखीको साहाराले हिड्न हुने भएपछि कम्पनीले शेर्पालाई २०७९ असार ५ गते स्वदेश(घर) पठाईदिएको थियो।
घरमा आएर पनि ६ महिना बैशाखीको सहायतामा हिडडुल गर्थे, उपचार गरे। त्यसपछि लठ्ठी टेकेर हिड्न सक्ने भए। अहिले चाँहि छोटो दुरी हिड्न लठ्ठी पर्दैन। लामो दुरीमा लठ्ठी चाहिन्छ। उपचार भने अहिले पनि गरिरहेको छु। खुट्टा पुरै ठिक बनाउने धोको छ। शेर्पाले भने। शेर्पाको श्रीमती र एक छोरा छन्। उनको परिवार अहिले कृषि पेशा गरेर जीबन गुजारा गरिरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology