समायोजन खबर खोटाङ, खोटाङमा प्राकृतिक रुपमा उम्रिएका गाँजा प्रहरीले नष्ट गरेको छ। सामाजिक अपराधलाई नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्लाको सदरमुकाम दिक्तेलबजार तथा लफ्याङ र खाल्लेमा गाँजा नष्ट गरेको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरी टोलीले मंगलबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजार, खाल्ले र लफ्याङका विभिन्न स्थानमा रहेका पाखा बारी तथा सार्वजनिक बाटो वरपर प्राकृतिक रुपमा उम्रिएका ३ हजार १०० बोट गाँजा फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
यसअघि, इलाका प्रहरी कार्यालय हलेसीले हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको काफ्ले गाउँ, माथिल्लो सल्ले र चिचिङगाको विभिन्न स्थानका खेतबारीमा बेवारिसे अवस्थामा उम्रिएका १६० बोट गाँजा फडानी गरी नष्ट गरेको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology