समायोजन खबर खोटाङ, खोटाङमा एकैदिन आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको छ। जिल्लाको विभिन्न स्थानमा भएको आगलागीबाट दुई घर र एक मतान पूर्णरुपमा जलेर नष्ट भएको हो।
शुक्रबार बिहान ८ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका रत्न बहादुर श्रेष्ठको ढुंगामाटोले बनेको टिनले छाएको दुई तले घरमा आगलागी भएको छ। अगेनाबाट सल्केको आगोले घरभित्र भएको भाडावर्तन, लत्ताकपडा, काठ, अन्नपात र घर पूर्णरुपमा जल्दा अन्दाजी १ लाख ७० हजारको क्षति भएको छ। आगलागीबाट मानवीय र चौपाया क्षति भएको छैन। प्रहरी र स्थानीयले बिहान ११ बजे आगो नियन्त्रणमा लिएको थियो।
उता, खोटेहाङ गाउँपालिका–४ बडकादियालेको ठूलोपाखा सामुदायिक वनमा लागेको डढेलोले सोही स्थानका भिम बहादुर कार्कीको घर र अर्जुन तामाङको मतान घर पूर्णरुपमा जलेको छ। कार्कीको ढुंगामाटोले बनेको फुसको छानो भएको दुई तले खाली घर जल्दा अन्दाजी १ लाख र तामाङको ढुंगामाटोले बनेको फुसको छानो भएको १ तले मतान घर र खर जलेर नष्ट हुंदा अन्दाजी ६० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।साहका अनुसार मानवीय र चौपाया क्षति भएको छैन।
यस्तै, बिहीबार बराहपोखरी गाउँपालिका–५ पौवासेराका प्रदीप राईको बाख्राको खोरमा खोले पकाउने बेलामा एक्कासी आगलागी हुंदा बाख्राको खोर, बाँसको टाँटी, डेरा, जस्ताको छाना भएको मतान घर र १५ वटा बाख्रा जलेर नष्ट हुंदा अन्दाजी ४ लाखको क्षति भएको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology