समायोजन खबर खोटाङ, खोटाङमा बहुमूल्य धातु पुल्ली उत्खनन गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका छन्। आईतबार खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित दिलमान बिकको बारी खनि पुल्ली निकाल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–९ का ५७ वर्षीय डिल्लीप्रसाद आङदाम्वे, सोही ठाउँका २४ वर्षीय अशोक आङदाम्बे, २६ वषीय झिलन आङदाम्बे, ५१ वर्षीय गोकुल आङदाम्बे र झापाको धाइजन गाउँपालिका–७ का ७३ वर्षीय सुन बहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले जानकारी दिनुभयो।
पक्राउ परेकाहरुबाट प्राचिन स्मारकसँग सम्बन्धित चिजवस्तु पुल्ली चार थान, टाँकजस्तो देखिने विभिन्न आकारको १२ थान, रातो रंगको युँ जस्तो देखिने धातु एक थान गरी १७ थान धातु तथा खन्न प्रयोग गरिएको बेल्चा र कोदालो बरामद गरिएको छ।
सो कार्यमा संलग्न रहेका पाँचै जनालाई प्राचिन स्मारक संरक्षण ऐन कसूरमा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology