समायोजन खबर खोटाङ, खोटाङमा प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका ५१ वर्षीय युवराज राई र सोही ठाउँका ३३ वर्षीय धिरज राईलाई गाँजासहित पक्राउ गरेको हो।
दुर्छिमको बतासेघाट नजिक रहेको सुईटेखोला बगर किनारमा त्रिपाल ओछ्याई त्रिपालमाथि बोराको पोका राखी बिक्री गर्न लागि रहेको अवस्थमा ३२ किलो ४८५ ग्राम गाँजा बरामद गरी निजहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेश कुमार ठाकुरले जानकारी दिए।
पक्राउ परेका विरुद्ध लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
बतासेघाटमा गाँजाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology