• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रहरी चौकी बुईपाको भवन उद्घाटन

प्रहरी चौकी बुईपाको भवन उद्घाटन


समायोजन खबर
  • मंगलबार, कार्तिक १६ २०७८

  • बुईपा प्रहरी चौकीको उद्घाटन गर्दै प्रदेश १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसी।

    समायोजन खबर खोटाङ, प्रहरी चौकी बुईपाको नवनिर्मित भवन उद्घाटन गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा पारीडाँडामा नवनिर्मित सुविधा सम्पन्न भवनको मंगलबार प्रदेश १ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बिसीले उद्घाटन गर्नुभयो।

    शहरी विकास तथा भवन कार्यालय ओखलढुंगाको २ करोड २ लाख २ हजार ४१४ रुपैयाँ लागतमा गोर्खा रुजन जेभि काठमाण्डौले भवन निर्माण सम्पन्न गरेको हो। जेभिले २०७६ असार १७ गते कार्यालयसँग सम्झौता गरेर २०७७ मंसिर २८ गते भवन निर्माणको काम सकेको थियो।
    भवन निर्माणको काम एक वर्षमा सक्नुपर्ने सम्झौता भए पनि कोरोनाले असर गरेपछि ६ महिना म्याद थप गरिएको थियो । थपिएको म्याद भन्दा अगावै भवन निर्माणको काम सकिएको जेभिका प्रतिनिधि धु्रव श्रेष्ठले बताउनुभयो।
    भवन निर्माण सम्पन्न भएर २०७७ पुस ३ गते प्रहरीलाई हस्तान्तरण गरिए पनि राजनीतिक दल र प्रहरी कार्यालयबीच कसले उद्घाटन गर्ने भनेर कुरा नमिल्दा १० महिनापछि मात्रै भवनको उद्घाटन गरिएको हो।
    नवनिर्मित भवनभित्र कार्यालय प्रमुख निवास, शौचालय, प्रवन्ध शाखा, प्रहरी जवान व्यारेक २ कोठा, कार्यालय प्रमुख कक्ष, हिरासत कक्ष तथा वाहिर ४ कोठे शौचालय र चमेनागृह रहेको छ।

    प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय स्व.त्रिभुनारायण श्रेष्ठ, स्व. हरिकृष्ण श्रेष्ठ, स्व. जगत बहादुर श्रेष्ठ, पदम बहादुर श्रेष्ठ, वम बहादुर श्रेष्ठले ५ रोपनी निःशुल्क जग्गा उपलब्ध गराउनु भएको बुईपाका वडाध्यक्ष दिनेश राईले बताउनुभयो।

    नवनिर्मित भवनबाट प्रहरी कार्य क्षमता अभिवृद्धि भई प्रहरीले दैनिक कार्य सहज ढंगले गर्ने र नागरिकहरुले सहज तरिकावाट सेवा पाउने प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बिसीले बताउनुभयो।

    भौतिक पूर्वाधार बिना प्रहरी सेवाका दैनिक कार्यमा प्रत्यक्ष असर पर्छ, समयको पालनामा कठिनाई हुन्छ। बिसीले भन्नुभयो, ‘नबनिर्मित भवनबाट प्रहरी कार्य र प्रहरी कर्मचारीहरुको मनोवल उच्च भई कार्य क्षमतामा अभिवृद्धि हुने विश्वास लिएको छु।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology