समायोजन खबर खोटाङ, सोमबार करीव दिउँसो २ वजेतिर समायोजन खबरको टिमसहित अन्य पत्रकारको टोली जिल्लामा हत्या गरिएका तीन महिलामध्ये हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमायाँ बिश्वकर्मालाई मारिएको ठाउँमा पुग्यो।
गाईवस्तुलाई स्याउला काटेर घर फर्कनेक्रममा २०७४ जेठ १६ गते ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल दश मिनेटको दुरीमा हत्या गरेको ठाउँमा पत्रकारको टोली पुग्दा ज्ञानीमायाका श्रीमान डिक बहादुर बिश्वकर्मा पनि आईपुगे। दुखिद मुद्रामा डिक बहादुर अघिअघि श्रीमतीलाई मारेको ठाउँतिर हिडे। पत्रकार पछिपछि रिपोर्टिङ गर्दै जाँदा डिक बहादुरले त्यो बेला श्रीमतीको डोको भेटिएको स्थान देखाए। आक्रोशित र केही न्यायका आसमा देखिएका उनी झाडी पन्छाउदै सडकमूनि लागे। जहाँ उनको श्रीमतीलाई मारेर राखिएको थियो।

ज्ञानीमायाको डोको भेटिएको ठाउँ देखाउँदै डिक बहादुर।
आफू २०७३ सालदेखि हलेसीमा आरन पेशा गरिरहंदा खाना लिएर आएका ज्ञानीमाया फर्कदा स्याउला काटेर लाने भन्दै थिईन्। उनले भने, अबेरसम्म घर नआएपछि खोजतलास गर्दा फोनको रिङ बजेपछि मात्रै सडकमूनि ज्ञानीमायालाई मृत भेटिएको थियो।
ज्ञानीमायाले स्याउला काट्न भनि लगेको डोको बाटोमै भेटेपछि फोन गर्दा उनको मृत शरीर भेटिएको थियोे। ज्ञानीमायालाई तस्विरमा डिक बहादुर सुतेजस्तै मारेर सुताएर राखिएको थियो। उनको एउटा कान काटेर सुन लगेको, चल्नीमा सुईरोले रोपेको, घाटीमा भएको सौभाग्य पनि लगेको थियो । औलाको औठी पनि लगेको थियो।
ज्ञानीमायाका श्रीमानका अनुसार श्रीमतीसँग १२ आनाको रिङ, १० आनाको सौभाग्य, २ आनाको फुली, २ आनाकै औठी थियो । त्यो सबै मृत शरीरमा थिएन । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर शव पोष्टमार्टम गर्दा पेटीमा ३०८ रुपैयाँ पैसा मात्रै भेटिएको थियो। डिक बहादुर भने, पोष्टमार्टमपछि घरमा ल्याएर संस्कार गरियो।

ज्ञानीमायाको सम्झनामा बनाईएको पाटी देखाउँदै डिक बहादुर।
श्रीमती गुमाएपछि डिक बहादुरले उनको सम्झनामा २०७५ जेठ ४ गते उनलाई मारेर फालिएको देखि माथि सडकमा पाटी बनाई दिएका छन्। श्रीमतीको आत्माको शान्तीका लागि मारेर फालेको स्थानमा बाहुन पनि पढाएको उनले बताए। श्रीमतीको हत्या गर्ने गाउँले नै भएको उनले शंका गरेका छन्।
ज्ञानीमाया र डिक बहादुरको ४ छोरा, ३ छोरी छन्। बुढ्यौली हुंदै आएका डिक बहादुरले जीवन गुजाराका लागि दोश्रो विवाह पनि गरेका छन्। आउदो मंसिरमा दोश्रो विवाह गरेको दुई वर्ष पुग्नेछ। आफ्नो श्रीमती मार्ने मान्छे भेटिए आत्म शितल हुने थियो। म पनि चौकी गएर भनिराछु, भन्नु मात्रै त हो। डिक बहादुर भन्छन्, ‘हजुरहरु प्रशासन मिलेर खोजी दिनुप¥र्यो। आकाशवावाणी भएर मेरो बुढी मारेको हैन, पतालबाट निस्केर पनि मारेको हैन चोट छ। भगवानले मारेको भए सुन त्यही बस्थ्यो नि त। भगवानले सुन त लादैन।’

ज्ञानीमायाको फोटो देखाउदै फोटो बिचमा ज्ञानीमाया।
यस घट्नामा सुक्ष्म तरिकाले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरिक्षक उमेश लम्सालले बताए। पूराना घट्ना भएकाले अलिक कठिन भए पनि गम्भीरताका साथ लागिरहेका छौ। प्रनाउ लम्सालले भने, “हेरौ निकट भविष्यमा सकारत्मक रिजल्ट ल्याउन सक्छौ कि।”
यो घट्नामा प्रहरी सुस्तजस्तो देखिन्छ नि भन्ने प्रश्नमा प्रनाउ लम्साल भन्छन ‘आफू कार्यालय प्रमुख भएर आएको ४ महिना भयो। आएकै भोलीपल्टदेखि यस घट्नाका विषयमा गम्भीर भएर टिमलाई परिचालन गरिरहेको छु। निकट भविष्यमा सकारात्मक रिजल्ट आउँछ कि।’

दोश्रो श्रीमतीसँग डिक बहादुर।
ज्ञानीमाया जस्तै, २०७३ माघ २६ गते बुधबार खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया रिता तामाङ र २०७४ साउन ४ गते जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको पनि विभत्स हत्या भएको थियो।
सिम्पानीबजारका होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रिताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घट्नास्थल मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।

ज्ञानीमायाको घर
माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट दिप्लुङ घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देबीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएको थियो। यी घट्नालाई शंकास्पद मानिएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology