समायोजन खबर खोटाङ,६६ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले अमर प्रहरी परिवारलाई सम्मान गरेको छ। दिवसको अवसरमा बुधबार प्रहरी कार्यालय दिक्तेलमा अमर प्रहरी परिवारका सरस्वती ठाकुर, कमलादेबी आचार्य, प्रेम प्रसाद आचार्य, लक्ष्मी श्रेष्ठ, राम वहादुर कटवाललाई सम्मान गरेकोे हो।
उहाँहरुलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाई सम्मान गर्नुभएको हो। यस्तै, जिल्ला प्रहरी कार्यालयको मातहतमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी निरिक्षक सागर साह, प्रहरी सहायक निरिक्षक बम बहादुर कोईराला, रमेश बुढाथोकी, राज उदघोष, प्रहरी हवल्दार प्रकाश लोप्पाङदेन, कृष्ण गिरी, राजु कार्की, प्रहरी जवान उर्मिला प्रधान, सुनिल राई, गोपीकृष्ण श्रेष्ठ, सौरभ राई र प्रहरी कार्यालय सहयोगी युवराज वस्नेत लगायत १४ जना पुरस्कृत भएका छन्।
प्रहरी दिवसकै अवसरमा खुल्ला डबल व्याडमिन्टन, खुल्ला एकल व्याडमिन्टन र खुल्ला भेट्रान व्याडमिन्टन प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो तथा उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको छ। प्रहरीको आन्तरिक हाजिरी जवाफका विजेता टिम र टेवल टेनिसका विजेतालाई पनि पुरस्कार वितरण गरिएको छ।
दिवसको अवसरमा हिरासत पुस्तकालय उद्घाटन, जग्गादातालाई सम्मान तथा पालिका वाटिकामा दुई नगरपालिकाका नगरप्रमुख/उपप्रमुख र आठ गाउँपालिका अध्यक्ष/उपाध्यक्षले बृक्षरोपन गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology