समायोजन खबर, दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई सदरमुकाम खलङ्गा झिकाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। ग्रामीण सडक भत्किएकाले पैदल नै सदरमुकाम ल्याइने जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताउनुभयो।
घटनास्थल सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्दछ। गएको १५ गते भत्ता वितरणका क्रममा विवाद हुँदा वडा अध्यक्ष नेपालीले सर्पे दमाईलाई कुटपिट गरेका थिए। उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बल्ल उनलाई सदरमुकाम झिकाइएको हो।
यसअघि उनले पीडितलाई आउँदो दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गराएर मिलापत्र गराएका थिए। वडाअध्यक्ष नेपालीलाई कानुनअनुसार कारबाही हुने जाजरकोट प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology