• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मापसे गरी सवारी साधन चलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ

मापसे गरी सवारी साधन चलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ


समायोजन खबर
  • मंगलबार, असार २२ २०७८

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाई अभद्र व्यवहार गर्ने चालक पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका–३ धुलीखेलका ४० वर्षीय सन्त बहादुर राई दिक्तेलको रत्नपार्कबाट पक्राउ परेका हुन्।

    सोमबार अपरान्ह ४ बजेको समयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कको सार्वजनिक सडकमा मादक पदार्थ सेवन गरी ना १ ज ५६६१ नम्बरको टाटा सुमो गाडी चलाउदै गरेको अवस्थमा राईलाई ड्युटीमा खटेका प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी सागर साहले जानकारी दिए।

    ड्युटीमा खटेका प्रहरीले फेला पारी चेकजँच गर्ने क्रममा राईले उल्टै अश्लिल बोलीबचन प्रयोग गरी गालीगलौच तथा हो–होल्ला गर्दै सो स्थान वरपर रहेका सर्वसाधरण मानिसहरु, महिला तथा बालबालिकाहरु समेतलाई असर गर्ने किसिमको क्रियाकलाप गरी अभद्र व्यवहार गरेका थिए।

    पक्राउ परेका राईको बिरुद्धमा अभद्र व्यवहार कसुर मुद्दा दर्ता गरी मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपको अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भईरहेको सूचना अधिकारी साहले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology