Samayojan khabar

Advertisment

SKIP THIS

ड्युटीमा रहेका प्रहरी जवानलाई चिरपट दाउराले हान्ने दुई लाख धरौटीमा छुटे

ड्युटीमा रहेका प्रहरी जवानलाई चिरपट दाउराले हान्ने दुई लाख धरौटीमा छुटे


समायोजन खबर
  • शुक्रबार, असार १८ २०७८

  • फाईल तस्विर ।

    समायोजन खबर खोटाङ, खोटाङमा ड्युटीमा रहेका प्रहरी जवानलाई चिरपट दाउराले प्रहार गरि फरार रहेका प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा घलेगाउँका ३५ वर्षीय भेष बहादुर राई पक्राउ परेका हुन्।

    पक्राउ परेका राईसहित चार जनाले २०७७ साल असोज २१ गते प्रहरी चौकी जालपाबाट राती १० : ३० बजे गस्तीमा निस्केका प्रहरी टोलीमध्ये प्रहरी जवान विशाल राईलाई ज्यान मार्ने उद्देश्यले चिरपट दाउराले प्रहार गरी सख्त घाईते बनाई फरार भएका थिए।

    फरार भएका राईलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेका प्रहरी टोलीले बिहीबार दिउँसो ३ : ३० बजे जालपा घलेगाउँमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी अमर प्रसाद गजमेरले जानकारी दिए।

    पक्राउ परेका राई विरुद्ध आवश्यक कारवाहीको लागि शुक्रबार जिल्ला अदालतमा पेश गरिए पनि दुई लाख धरौटीमा उनी आजै छुटेका सूचना अधिकारी गजमेरले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology