• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै

ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दै


समायोजन खबर
  • शनिबार, फाल्गुन १ २०७७

  • प्रधानमन्त्री केपी शर्मा ओली । फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, नेकपा ओली समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज बुटवलमा बृहत् प्रदर्शन गर्ने तयारी गरेको छ ।

    काठमाडौंमा माघ २३ गते गरिएको सो पार्टीको जनसभामा स्वयं प्रधानमन्त्री ओलीले सहभागी नेता–कार्यकर्ताहरूलाई यो कास्टिङ मात्रै भएको र जनसभा हेर्न फागुन १ गते बुटवलमा आउन आग्रह गर्नुभएको थियो ।

    माघ १५ गते प्रचण्ड–नेपाल समूहले गरेको प्रदर्शनलाई काउण्टर गर्न ओली समूहले यस्तो तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड समूहको बुटवलको प्रदर्शन संख्यालाई व्यंग्य गर्दै जनलहर हेर्न आफ्नो पार्टीले गर्ने भेलामा आउन भन्नुभएको थियो ।

    शनिबार बुटवलमा गर्ने प्रदेशस्तरीय जनप्रदर्शनलाई व्यापक बनाउन ओली समूहले सबै जिल्लाका भेला, कार्यक्रमसहित व्यापक तयारी गरेको थियो ।

    विशेषगरी रुपन्देहीमा ओली समूहको बलियो क्षेत्र मानिन्छ । महासचिव विष्णु पौडेलको गृहजिल्ला पनि भएकाले यहाँको प्रदर्शनलाई महŒवका साथ हेरिएको छ । रुपन्देहीमा हुने सभालाई शक्ति प्रदर्शनका रूपमा समेत उपयोग गर्ने तयारी नेकपा ओली समूहले थालेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology