समायोजन खबर खोटाङ, अखिल नेपाल महिला संघ (अनेमसंघ) ओली समुह जिल्ला कमिटि खोटाङले नेकपाकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिकामा गत माघ १६ गते भएको राजनैतिक भेलामा नेकपाका नेतृ एबं निवर्तमान सांसद झाँक्रीले सार्वजनिकरुपमा आपत्तीजनक अभिव्यक्ती दिएको भन्दै अनेमसंघले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन–पत्र पठाउँदै पक्राउ गरी प्रचलित कानून बमोजिम हदैसम्मको सजाय गर्न माग राखेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्र हत्या गर्दै विभिन्न लाञ्छना लगाउने, गाली बेइज्जती गरी व्यक्तीगत, पारिवारिक तथा राष्ट्रपती पदकै प्रतिष्ठामा धक्का पु¥याउने नियतले आपत्तीजनक र अपमानजनक शव्द प्रयोग गरेकाले नेतृ झाँक्रीलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन माग गरिएको अखिल नेपाल महिला संघले जनाएको छ ।
अखिल नेपाल महिला संघको उपाध्यक्ष अनिषा आचार्य खनालले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई बुझाएको ज्ञापन–पत्रमा राष्ट्रपति संस्थाको संविधानको संरक्षक भएकाले यस संस्थाको मान, मर्यदा र गरिमाको रक्षाका लागि सरकार सक्षम आग्रह गरिएको उल्लेख छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology