• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रचण्ड-नेपाल समुहको विरोधसभाको अघिल्लो दिन मार्चपास

प्रचण्ड-नेपाल समुहको विरोधसभाको अघिल्लो दिन मार्चपास


समायोजन खबर
  • मंगलबार, माघ २७ २०७७

  • समायोजन खबर खोटाङ, आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार गर्न लागेको विरोधसभाको प्रचारप्रसारको लागि आज मार्चपास गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रचण्ड–माधव पक्षले भोलिको विरोधसभा अहिलेसम्मकै वृहत हुने दाबी गरेको छ ।

    त्यसको तयारीस्वरूप युवाहरूले काठमाडौमा मार्चपास गरेका हुन् । विरोधसभा अघि भोलि उपत्यकाका ५ स्थानबाट जुलुस निकाल्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ । पाँचवटै स्थानबाट निस्कने जुलुस मध्यान्ह १२ बजे सुन्धारा पुगेर मूल जुलुसमा परिणत हुने केन्द्रीय संघर्ष समितिले जनाएको छ ।

    समितिकाअनुसार ललितपुरको पुल्चोकबाट सुरु हुने जुलुस कुपण्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै १२ बजे सुन्धारा पुग्ने छ । यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुस सुन्धारा हुँदै मूल जुलुसमा, माइतीघरबाट निस्कने जुलुस थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धारा मूल जुलुसमा, केशरमहलबाट निकस्ने जुलुस दरबारमार्ग–तीनधारा–पाठशाला–जमल–कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक–न्युरोड हुँदै मूल जुलुसमा र जमलबाट निस्क्ने जुलुस कमलाक्षी–असन–इन्द्रचोक–जुद्ध शालिक–न्युरोड हुँदै सुन्धारा पुगेर मुल जुलुसमा परिणत हुने बताइएको छ ।

    पाँचवटै स्थानबाट निस्कने जुलुसहरु सुन्धारा पुगेर मूल जुलुसमा परिणत भएर बीर अस्पताल–जमल–घण्टाघर–बागबजार–पुतलीसडक–पद्मोदय मोड–प्रदर्शनीमार्ग हुँदै सभा स्थल प्रवेश गर्ने संघर्ष समितिले जनाएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology