• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेकपा जुलुस शुरुः प्रम, गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्ने

नेकपा जुलुस शुरुः प्रम, गृहमन्त्री र नेता मण्डलले सम्बोधन गर्ने


समायोजन खबर
  • शुक्रबार, माघ २३ २०७७

  • सांकेतिक तस्विर ।

    समायोजन खबर खोटाङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज बृहत्सभा शुरु हुनुभन्दा अगाडि विभिन्न स्थानबाट जुलुस निकालेको छ । पार्टी वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभा शुरु हुनुभन्दा अगाडि गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघरबाट जुलुस निकालिएको छ । जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत हुनेछन् ।

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ आज बृहत्सभा गर्न थालिएको हो । जुलुसमा कम्युनिष्ट आन्दोलनको रक्षा गराँै, राष्ट्रिय स्वाधीनताको रक्षा गराँै, हामी जनता जाग्दैछाँै निर्वाचनमा लाग्दैछौँ , कम्युनिष्ट आन्दोलनको रक्षा गराँै जस्ता नारा लगाइएको छ ।

    पार्टी प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट नेता, कार्यकर्ता र पार्टी समर्थक आउने बताउनुभयो । सभा सफलतापूर्वक सम्पन्न गर्न पार्टी काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठका संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

    सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सत्यनारायण मण्डललगायत नेताले सम्बोधन गर्नुहुनेछ । प्रदेश अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जानका लागि आह्वान गर्न र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश कमिटीले सभा सम्पन्न गर्नका लागि बुधबार काठमाडौँमा १० हजार मोटरसाइकलको ¥याली गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology