चिसाङ शेर्पा खोटाङ, खोटाङमा यो वर्ष धान उत्पादनमा बृद्धि भएको छ । किसानहरुले प्रमुख वालीको रुपमा लगाउने धान चालू आर्थिक वर्ष २०७७/०७८ मा ३८.४६ प्रतिशतले उत्पादन बृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका अनुसार जिल्लाभरी १२ हजार ८९८ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा यसपटक सत–प्रतिशत रोपाइँ हुँदा जिल्लामा २९ हजार ३४२ मेट्रिक टन धान उत्पादन भएको छ । यो उत्पादन गतवर्षको तुलनामा ३८.४६ प्रतिशतले बढी हो ।
यसवर्ष समयमै वर्षा भई वेलैमा रोपाइँ भएको, रोपाइ गरिने क्षेत्रफल बृद्धि भएको र रोग किरा प्रकोपको व्यवस्थापन गरिएकाले धान उत्पादनमा बृद्धि भएको कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ तथा सूचना अधिकारी देवराज गुप्ताले जानकारी दिए । दुई नगरपालिका आठ गाउँपालिकामध्येमा कुन स्थानीय तहमा के कती धान उत्पादन भयो भन्ने विवरण आउँन बाँकी छ । हामीले सबै स्थानीय तहमा फरम्याट बनाएर पठाएका छौ । गप्ताले भन्नुभयो, ‘सबैले कृृषि प्रोफाइल बनाउनदै हुनुहुन्छ सायद केही समयपछि डाटा आउँछ ।’
गतवर्ष पाँच पाथी विउँको धान रोप्दा झण्डै विउँ नै मासिएको तर, यो वर्ष घामपानीले साथ दिंदा पाँच पाथी विउँको सात मुरी धान फल्ने अनुमान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका किसान हस्त बहादुर वास्तोलाले बताउनुभयो । प्रशस्त वर्षा भएकाले धान मनग्गे उत्पादन भएको र किसानहरु हर्षित भएको सोल्माकै किसान देउकुमारी राईले बताईन् ।
गतवर्ष वर्षात नभएका कारण धान नफले पनि यो पटक घामपानी मिलेकाले धान फलेकाले समग्र किसानहरु खुशी भएको दिक्तेलका कृषक रविन सुयलले बताउनुभयो । गएको आर्थिक वर्ष २०७६/०७७ मा १० हजार ३१८ हेक्टरमा रोपाइँ भएको थियो । १८ हजार ५७ सय मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रले जनाएको छ ।२०७७ कार्तिक २० गते बिहान ८ :५८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology