समायोजन खबर खोटाङ, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।
आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ४३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जनालाई कोरोना संक्रमण देखिएको छ।२०७७ कार्तिक १२ गते साँझ ७ :३८ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology