समायोजन खबर खोटाङ, जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नति गर्न स्वीकृति प्रदान गर्ने कोशी प्रदेश सरकारले निर्णय गरेको छ।
२०४८ साल फागुनबाट सञ्चालनमा आईरहेको १५ शैयाको अस्पताललाई स्तरोन्नति गरेर ५० शैयामा सञ्चालन गर्न/गराउन जेठ १२ गते बसेको मन्त्री परिषदको वैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
१५ शैयामा सञ्चालन भईरहेको अस्पतालले बिरामीको चाप धान्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्नका लागि २०८२ बैशाख १ गते मन्त्रीस्तरीय निर्णय गरी कोशी प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गर्नुभएको थियो। उक्त प्रस्तावलाई मन्त्रीपरिषद वैठकले अनुमोदन गर्दै निर्णय गरिदिएको स्वास्थ्यमन्त्री राईले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ।
१५ शैयाको अस्पताललाई ५० शैयामा स्तरोन्नतिका लागि स्वीकृति प्राप्त भएसँगै ओएनएम सर्वेक्षण र जनशक्ति दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सहमतिका लागि फायल गइसकेको प्रदेश सचिव डाक्टर राधिका थपलियाले बताउनुभयो।
अहिले जिल्ला अस्पतालमा प्रशासन र मेडिकलतर्फ गरी कूल ३२ जनाको दरबन्दी रहेको छ। जिल्ला अस्पतालको बहिरंग विभाग कच्ची भवनबाट र आकस्मिक तथा अन्तरंग विभाग ट्रस भवनबाट सञ्चालन भईरहेको छ। ५० शैयाको अस्पतालका लागि भ्याटसहित २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँमा भवन ठडिसकेको छ। यद्यपी, अहिले भवनमा रंगरोगन र फिनिसिङको काम धिमा गतिमा भईरहेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology