समायोजन खबर खोटाङ,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका माध्यमिक विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगितामा श्री मावि मझुवा बाँसबोटेकी छात्रा कविता श्रेष्ठ प्रथम भएकी छन्।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवातमा मंगलबार भएको बक्तृत्वकला प्रतियोगितामा चम्पावती मावि विजयखर्ककी छात्रा रानिसा खनाल दोश्रो, सरस्वती मावि दिक्तेलकी छात्रा विपासा खनाल तेश्रो र सावित्रा मावि बाम्राङका छात्र सोदिप राई सान्त्वना भएका छन्।
बक्तृत्वकलामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताईन्।
“लैङगिक हिंसा न्यूनिकरणमा हाम्रो भूमिका” विषयमा भएको बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा दुर्गाजयन्ती राई, डिल्लीकुमारी आचार्य र ओमप्रकाश घिमिरे रहेका थिए । बक्तृत्वकलामा दश वटा माविले सहभागिता जनाएको थियो।
“प्रविधिको सही प्रयोग गरौ, लैङगिक हिंसा अन्त्य गरौ” भन्ने नाराका साथमा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान(नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म विभिन्न सन्देशमूलक र रचनात्मक कार्यक्रम गरेर मनाइदै आएको छ।
अभियानको पहिलो दिन दिक्तेलबजारको रत्नपार्कदेखि त्रिवेणीचोक हुँदै जिल्ला समन्वय समितिको सभाहलसम्म ¥याली निकालिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology