समायोजन खबर खोटाङ, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले साकेला गाउँपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
गाउँपालिकालाई नेब्युलाइजर मेसिन, डेलिभरी बेड, सेमी अटोमेटेड बायोकेमिस्ट्री एनालाइजर, इसीजी मेसिन, अल्ट्रासाउण्ड मेसिन, पेरि लाइट, डेलिभरी सेट एक-एकवटा, १० लिटरको अक्सिजन कन्सनट्रेटर दुई वटा र पल्स अक्सिमिटर ह्यान्ड हेल्ड दुई वटा उपलब्ध गराएको हो।
कोशीका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको निर्देशनमा उपलब्ध स्वास्थ्य सामग्रीहरु भदौ १३ गते राईका प्रमुख स्वकीय सचिव इन्दिरा दाहाल र स्वकीय सचिव अनिता राईले गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईलाई पालिकामै पुगेर हस्तान्तरण गरेका छन्।
प्रमुख स्वकीय सचिव दाहालका अनुसार १२ लाख ९४ हजार ६१९ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराईएको हो। यसअघि जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका, रावाबेशी गाउँपालिका र स्वास्थ्य चौकी मंगलटारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology