समायोजन खबर खोटाङ, कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ।
मन्त्रालयले जन्तेढुंगालाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, डेलिभरी बेड, नेब्युलाइजर मेशिन, माइक्रोस्कोप, अटोक्लेव, बायोकेमिस्ट्री एनालाइजर, डप्लर मेशिन र इन्क्युबेटर एक एकवटा प्रदान गरेको छ।
यस्तै, खोटेहाङलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर र एकवटा नेब्युलाइजर मेशिन प्रदान गरिएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास कार्यालयका स्वकीय सचिव बाजिन्द्र विष्टले जानकारी दिनुभयो। उक्त सामग्रीहरु भदौ २ गते गाउँपालिकामा कार्यक्रम गरेर हस्तान्तरण गरिएको थियो।

स्वास्थ्य सामग्री कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री भुपेन्द्र राईका प्रमुख स्वकीय सचिव इन्दिरा दाहाल, स्वकीय सचिव अनिता राई र भौतिक पूर्वाधार विकास कार्यालयका मन्त्री राईका स्वकीय सचिव विष्टले जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राई र खोटेहाङ गाउँपालिकाका उपाध्यक्ष रुपेश राईलाई हस्तान्तरण गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology