• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसईईमा दिक्तेल बोर्डिङका एलिहाङ जिल्ला टप,समग्र जिल्लाको नतिजा निराशाजनक

एसईईमा दिक्तेल बोर्डिङका एलिहाङ जिल्ला टप,समग्र जिल्लाको नतिजा निराशाजनक


समायोजन खबर
  • शनिबार, असार १४ २०८२

  • एसईईमा जिल्ला टप भएका दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विधार्थी एलिहाङ राई।

    समायोजन खबर खोटाङ, माध्यमिक शिक्षा परीक्षा एसईईमा खोटाङको नतिजा निराशाजनक आएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको नतिजा निराशाजनक आएको हो।

    बोर्डका अनुसार जिल्लाका दुई हजार ६५८ जना विधार्थीले एसईई परीक्षा दिंदा एक हजार ४६१ (५४.९६ प्रतिशत) जना विधार्थी उतिर्ण भएको छ। एक हजार १९७ जना विधार्थी अनुतिर्ण भएका छन्।

    परीक्षामा साधारण धारतर्फ दुई हजार ४८३ जना विधार्थी सहभागी भएकोमा एक हजार ३५८(५४.६९ प्रतिशत) जना र प्राविधिक धारतर्फ १७५ जना विधार्थी सहभागी भएकोमा १०३(५८.८५ प्रतिशत)जना उतिर्ण भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिर्थ बहादुर बिकले बताउनुभयो।
    दिक्तेल बोर्डिङका एलिहाङ जिल्ला टप
    २०८१ को एसईई परीक्षामा दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विधार्थी एलिहाङ राई जिल्ला टप भएका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका एलिहाङले सबैभन्दा उच्चतम ३.८५ जिपिए ल्याएका छन्।एसईईमा जिल्ला टप भएका एलिहाङ राई,उच्चतम जिपिएर ल्याउने अनुषा दाहाल,एलिना कार्कीसहित प्रधानाध्यापक धनकर्ण श्रेष्ठ।

    यस्तै, सोही विद्यालयमा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी अनुषा दाहाल र एलिना कार्कीले समान ३.८४ जिपिएर ल्याएकी छन्। विद्यालयबाट ४५ जना विधार्थीले एसईई परीक्षा दिएकोमा ‘ए’ प्लसमा ४० जना र ‘ए’ मा पाँच जना उतिर्ण भएको प्रधानाध्यापक धनकर्ण श्रेष्ठले बताउनुभयो।

    जिल्लाभरका विद्यालयमध्ये दिक्तेल अंग्रेजी आवासीय माध्यमिक विद्यालयले सबैभन्दा उच्चतम जिपिए ल्याएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तिर्थ बहादुर बिकले बताउनुभयो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology