समायोजन खबर खोटाङ, शैक्षिक सत्र २०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीमा ज्योति माध्यमिक विद्यालय राजापानी प्रथम भएको छ।
रेडक्रसको जुनियर युवा जिल्ला समितिले पञ्च मावि दिक्तेलमा जेठ ३० र ३१ गते आयोजना गरेको दुई दिवसीय १९ औं जिल्ला स्तरीय गोष्ठीमा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुतीमा २४ विद्यालयलाई पछि पार्दै ज्योति मावि प्रथम भएको हो।
प्रथम भएको ज्योति माविले नगद पाँच हजारसहित रनिङ शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ। दोश्रो भएको सुर्केडाँडा आधारभूत विद्यालयले तीन हजार र तेश्रो भएको पञ्च माध्यमिक विद्यालयले दुई हजारसहित कप र प्रमाणपत्र प्राप्त गरेको छ।
वार्षिक प्रगति प्रतिवेदनको निर्णायकमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री छत्रकुमार वजियमको संयोजकत्वमा पाँच सदस्यीय समिति रहेको थियो।
विजयी विद्यालयहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशी, जुनियर युवा जिल्ला समिति संयोजक लिला बहादुर खत्री लगायतले पुरस्कार वितरण गर्नुभएको छ।
गोष्ठीमा जिल्लास्थित २५ विद्यालयका सर्कलका अध्यक्ष, पदाधिकारी, शिक्षक नायक, सह–नायक सहभागी थिए। सहभागी विद्यालयहरुले शैक्षिक सत्र २०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो।
यस्तै, गोष्ठीले सम्पूर्ण विद्यालयमा सदस्यता वितरण, जुनियर र युवा रेडक्रस पुर्नगठन र शाखामा आवद्धता तथा अक्षय कोष शैक्षिक सत्रको कक्षा सुरुवात भएको एक महिनाभित्र गरिसक्ने लगायत १८ बुंदे पञ्च मावि घोषणा पत्र जारी गरेको छ।
गोष्ठीले जिल्ला स्तरीय जुनियर युवा कार्य समिति गठन गर्दै जिल्ला स्तरीय गोष्ठी आगामी चैतमा श्रीमावि लफ्याङमा गर्ने निर्णयसहित २६ वटा कार्य योजना पारित गरेको जुनियर युवा जिल्ला समिति संयोजक खत्रीले बताउनुभयो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology