Samayojan khabar

Advertisment

SKIP THIS

खाल्ले र बिजयखर्क जोड्ने दिखुवाखोलामा मोटरेबल पुलको शिलान्यास

खाल्ले र बिजयखर्क जोड्ने दिखुवाखोलामा मोटरेबल पुलको शिलान्यास


समायोजन खबर
  • शनिबार, जेष्ठ १८ २०८२

  • पुलको शिलान्यास गर्नुहुँदै कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्यमन्त्री भुपेन्द्र राई। तस्वीर दिलीप खत्री।

    समायोजन खबर खोटाङ, सदरमुकाम दिक्तेलबजारलाई पूर्वी तराईसँग जोड्ने छोटो दुरीमा पर्ने दिखुवाखोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ।

    दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कलाई जोड्ने गरी दिखुवाखोलामा पुलको शिलान्यास गरिएको हो। पुलको जेठ १७ गते कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवंम् स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शिलान्यास गर्नुभएको हो।

    प्रदेश सडक पुल सहयोग इकाई ईटहरी र कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय गाइघाटको साझेदारीमा दिखुवाखोलामा बन्ने(ट्रष्ट ब्रिज) निर्माणका लागि करिब पाँच करोड ५० लाख लाग्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको अनुमान छ।

    ट्रष्ट ब्रिज निर्माणका लागि आवश्यक स्टिल ट्रष्ट प्रदेश सडक पुल सहयोग इकाई ईटहरीले उपलब्ध गराउने छ। पुलका लागि करिब दुई करोड बढीको स्टिल ट्रष्ट तयार पारिसकिएको प्रदेश सडक पुल सहयोग इकाई ईटहरीका प्रमुख सुर्य नारायण चौधरीले बताए। चौधरीका अनुसार शिलान्यासकै दिन केही स्टिल ट्रष्ट निर्माण स्थलमा झारिएको र बाँकी सामान क्रमशः ल्याईने छ।

    पुलको पिल्लर निर्माण र ढलानको काम पूर्वाधार विकास कार्यालय गाइघाटमार्फत हुनेछ। उक्त कामको लागि टेण्डर खुलाउन बाँकी रहेको मन्त्रालयले जनाएको छ। केही महिना भित्र टेण्डर फाइनल गरेर बाँकी पुल निर्माणको काम सुरु हुने मन्त्रालका प्रदेश सचिव अशोक कुमार शाहले बताए।

    गत फागुनबाट दिखुवाखोलामा पुल निर्माणका लागि भौतिक पूर्वाधार विकास मन्त्री राईले पहल गर्नुभएको थियो। निर्माण स्थलको अध्ययन, डिजाइन र लागत अनुमान सकिएकाले अब टेण्डर खुलाउन लागिएको मन्त्री राईले बताउनुभयो। स्टिल ट्रष्ट भने जडान गरेर निर्माण स्थलमा ल्याउन थालिसकिएकाले अबको ६/७ महिनाभित्र दिखुवाखोलामा पुल निर्माण सम्पन्न हुने मन्त्री राईको भनाइ छ।

    दिक्तेलबाट खानीडाँडा आहाले हुँदै दिखुवाखोला तरेर राजापानीको पूरानो गाउँ निस्कन सकिन्छ। दिखुवाखोलामा मोटरेबल पुल नहुँदा बर्खामा सवारी साधान आवतजावत ठप्प हुँदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology