• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसइइमा उत्कृष्ट जिपिए ल्याउने दुइ विधार्थीलाइ एक-एक लाख प्रदान

एसइइमा उत्कृष्ट जिपिए ल्याउने दुइ विधार्थीलाइ एक-एक लाख प्रदान


समायोजन खबर
  • बिहिबार, जेष्ठ ९ २०८२

  • समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिकाले एसइइमा सबैभन्दा बढी जिपिए ल्याउने एक–एकजना छात्राछात्रलाई पुरस्कार प्रदान गरेको छ।

    एसइइमा गाउँपालिकाभरी सबैभन्दा बढी जीपिए ल्याउने छात्रातर्फ थर्पुडाँडा माध्यमिक विद्यालय सप्तेश्वरकी क्याल्सी राई र छात्रतर्फ सोही विद्यालयका शिब कुमार राईलाई एक–एक लाख पुरस्कार दिएको हो।
    बैशाख ७ गते पृथ्वी मावि बाक्सिलामा आयोजना गरिएको शैक्षिक मेला कार्यक्रममा पुरस्कार राशीको चेक विधार्थीका अभिभावकलाई प्रदान गरिएको छ। क्याल्सीले ३.३९ र शिबले ३.४५ जिपिए ल्याएका थिए।

    विधार्थीहरुलाई सामुदायिक विधालयमा पढ्न अझ अभिप्रेरित गर्ने लक्ष्य राखेर प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।
    आर्थिक वर्ष २०७९/२०८० देखि नीति तथा कार्यक्रम बनाएर एसइइमा उत्कृष्ट अंक ल्याउने एक–एकजना छात्राछात्रलाई गाउँपालिकाले एक–एक लाख नगद पुरस्कार दिंदै आएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology