Samayojan khabar

Advertisment

SKIP THIS

जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण


समायोजन खबर
  • शनिबार, मंसिर २९ २०८१

  • जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुहुँदै कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राई।

    समायोजन खबर खोटाङ, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल खोटाङलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ। अस्पताललाई आवश्यक पर्ने विभिन्न उपकरण तथा औषधिसहति ३८ किसिमका स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको हो।

    अस्पतालका लागि ६ लाख ७९ हजार १३ रुपैयाँको स्वास्थ्य सामाग्रीहरु लिएर कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राई शनिबार जिल्ला अस्पताल दिक्तेल आउनुभएको थियो।

    उक्त स्वास्थ्य सामाग्रीहरु मन्त्री राईले अस्पताल प्राङगणमा जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत पुस्कल राईलाई हस्तान्तरण गर्नुभएको छ। मन्त्रालयबाट अस्पतालका लागि अन्य औषधि तथा उपकरणहरु पनि उपलब्ध गराउने मन्त्री राईले प्रतिवद्धता जनाउनुभएको छ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा मन्त्री राईसहित स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि डिल्लीकुमारी आचार्य लगायतको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology