समायोजन खबर, कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले मोरङको मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला पालिका अस्पताललाई एकवटा एम्बुलेन्स हस्तान्तरण गरेको छ।
मन्त्रालयको निर्णयअनुसार सोलुखुम्बु जिल्ला अस्पतालको नाममा रहेको प्रदेश १–०४–००१ झ ००५४ नम्बरको ‘ख’ बर्गको एम्बुलेन्स आईतबार कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईलाई हस्तान्तरण गरेका हुन्।

उक्त गाउँपालिकाबासीलाई स्वास्थ्य सेवा लिनमा सहजता दिलाउन एम्बुलेन्स हस्तान्तरण गरिएको जनाईएको छ
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा मन्त्री राईसहित स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलिया, महाशाखा प्रमुख प्रकाश प्रसाद पोखरेल, आस्था थापा लगायतको उपस्थिति थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology