Samayojan khabar

Advertisment

SKIP THIS

भौतिक पूर्वाधार मन्त्रालयमा २ अर्व ३९ करोड बेरुजु,३६ करोड बढी असुलउपर गर्नुपर्ने

भौतिक पूर्वाधार मन्त्रालयमा २ अर्व ३९ करोड बेरुजु,३६ करोड बढी असुलउपर गर्नुपर्ने


समायोजन खबर
  • आइतबार, असोज २० २०८१

  • कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई।

    समायोजन खबर खोटाङ,कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा दुई अर्व ३९ करोड ८ लाख ८० हजार सात सय दुई रुपैयाँ बेरुजु देखिएको छ। मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयसहित गरी उक्त बेरुजु देखिएको हो।

    ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ बेरुजु रकम असुलउपर गर्नुपर्ने देखिएको आईतबार विराटनगरस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले जानकारी दिएका छन्।

    पत्रकार सम्मेलनमा १० असोजदेखि १२ असोजमा परेको भीषण वर्षा, बाढी र पहिरोले १०१ वटा सडक, १५ वटा सडक र पुल तथा २५ वटा झोलुङगे पुलमा आंशिक क्षति पुगेको जनाईएको छ। क्षति पुगेका ती भौतिक संरचनाहरु पुनःनिर्माण गर्न ५ अर्व ६६ करोड लाग्नेछ।

    ६० वटा सडक, १५ वटा सडक र पुल तथा १७ वटा झोलुङगे पुल तत्काल मर्मत तथा निर्माण गर्नुपर्ने देखिएको छ । उक्त संरचना मर्मत तथा निर्माण गर्नलाई १ अर्व २ करोड ५० लाख लाग्ने मन्त्री राईले बताए।
    ७२ वटा बहुवर्षीय सडक योजनामध्ये १३ वटा सडक सम्पन्न भईसकेको, ५८ वटा सडक सम्पन्न हुन बाँकी रहेका छन्। त्यसमध्ये १९ वटा सडक योजना संकटग्रस्त छन्। ४३ वटा बहुवर्षीय सडक पुल योजनामध्ये ११ वटा सम्पन्न भएको, ३५ वटा सम्पन्न हुन बाँकी रहेकोमा १२ वटा सडक पुल संकटग्रस्त रहेका छन्।

    मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयहरुबाट आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म ७८४ वटा योजना डिपिआर र आइईई भएकोमा ३७२ वटा योजना कार्यान्वयनमा गएको र ३०८ वटा योजना कार्यान्वयनमा नगएको जानकारी दिईएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology