Samayojan khabar

Advertisment

SKIP THIS

कोशीमा कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन : कांग्रेस सचेतक राई

कोशीमा कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउँदैन : कांग्रेस सचेतक राई


समायोजन खबर
  • आइतबार, असोज ७ २०८०

  • नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक भुपेन्द्र राई।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, नेपाली कांग्रेस कोशी प्रदेश प्रमुख सचेतक भुपेन्द्र राईले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको काम चलाउ सरकारले विश्वासको मत नपाउने बताएका छन्।

    समायोजन खबरसँग कुराकानी गर्दै प्रमुख सचेतक राईले कार्की नेतृत्वको सरकारले २० असोजभित्र विश्वासको मत लिनुपर्ने तर, विश्वासको मत पाउने कुनै आधार नभएको बताए।

    विश्वासको मत नपाएर मुख्यमन्त्री कार्की पदमुक्त भएपछि धारा ६८ (५) अनुसारको सरकार बन्छ। त्यो गठबन्धनकै नेतृतवमा सरकार बन्छ। सचेतक राईले भने।

    सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई २२ भदौमा मुख्यमन्त्रीमा नियुक्ती गरेको थियो। कोशी प्रदेशमा सरकार बन्नलाई ४७ मतको आवश्यक पर्छ। तर, कुनै दलसँग मत पुग्दैन। गठबन्धन गर्नुको विकल्प छैन।

    प्रदेशसभामा नेकपा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६, नेकपा एकिकृत समाजवादीको ४ र जनता समाजावदी पार्टीको १ जना सांसद रहेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology