समायोजन खबर खोटाङ, खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभा ‘ख’ जितेपछि गठबन्धनले विजयी जुलुस निकालेको छ।
नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङले प्रतिनिधिसभा र नेपाली कांग्रेसका भुपेन्द्र राईले प्रदेशसभा ‘ख’ जितेपछि बिहीबार दिक्तेलबजारमा विजय जुलुस निकालेको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत बाहिरबाट सुरु भएको जुलुस हाँटडाँडा हुँदै त्रिवेणीचोकमा आईपुग्दा नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार विशाल भट्टराई र एमालेकै प्रदेशसभा ‘ख’ का उम्मेदवार रामप्रसाद दंगाल लगायतका नेताले बधाई दिएका छन्।
त्यहाँबाट पूरानो वेसक्याम–रत्नपार्क पुगेर भवनगैरा हुँदै पुनः त्रिवेणी चोकमा पुगेर जुलुस कोणसभामा परिणत भएको छ। कोणसभालाई प्रतिनिधिसभामा विजयी भएका पासाङ र प्रदेश ख मा विजयी भएका राईले सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा दुवै वक्ताले अमूल्य मत दिएर जिताएकामा मतदातालाई धन्यवाद दिएका छन्।
प्रतिनिधिसभामा पासाङले निकटतम प्रतिद्धन्दी भट्टराईलाई २ हजार ६६९ मतान्तरले पछाडी धकेलेर विजयी भएका हुन्। कूल ६७ हजार ४०८ अन्तिम मतगणना हुँदा गठबन्धनका उम्मेदवार पासाङले ३१ हजार ३५१ र एमाले उम्मेदवार भट्टराई २८ हजार ६८२ मतमा खुम्चिएका छन्। २ हजार ९८६ मत बदर भएको छ।
प्रदेशसभा ‘ख’ मा निकटतम प्रतिद्धन्दी दंगाललाई २ हजार १४० मतले पछि पार्दै राई विजयी भएका हुन्। ३३ हजार ४०९ अन्तिम मतगणना हुँदा राईले १६ हजार ४९६ मत र दंगालले १४ हजार ३५६ मतमा चित्त बुझाएका छन्। १ हजार ९९ मत बदर भएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology